काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्राइम कमर्सियल बैंक लिमिटेडले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर सुरक्षित आज शुक्रबार अन्तिम मौका रहेको छ।

बैंकले लाभांश र वार्षिक साधारणसभाका लागि भोलि पुस २० गते एक दिनका लागि बुक क्लोज गर्दैछ। यसको अर्थ आज पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्र बैंक प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बैंकले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर यही पुस २९ गते बुधबार हुने १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ। सभा भर्चुअल माध्यमबाट काठमाण्डौको कमलापोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।