काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत ५ कम्पनीको वार्षिक साधारण सभा आज(पुस २४ गते) बस्दैछ । 

आज युनिक नेपाल लघुवित्त,त्रिशूली जलविद्युत कम्पनी,तारागाउँ रिजेन्सी होटल्स, पञ्चकन्या माई हाइड्रोपावर र भगवती हाइड्रोपावरको साधारण सभा आयोजना हुन लागेको हो  । 

तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे आयोजना हुँदैछ । उक्त सभामा गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । 

भगवती हाइड्रोपावरको वार्षिक साधारण सभा थापागाउँ काठमाडौंमा रहेको अपर्ण ब्यांक्वेट  बिहान १० बजे सुरु हुनेछ । कम्पनीको सभाले १०.५२६३ प्रतिशतका  नगद लाभांश वितरणको विेशष प्रस्ताव पारित गर्नेछ । 

त्रिशूली जलविद्युत कम्पनीको सभा आम्रपाली ब्यांक्वेट भाटभटेनीमा बिहान ११ बजेदेखि आयोजना हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित हुनुका साथै आव २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ ।

पञ्चकन्या माई हाइड्रोपावरको दुई आवको साधारण सभा  कुपण्डोलमा रहेको कुपण्डोल ब्यांकेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

युनिक नेपाल लघुवित्तको साधारण सभा सभा कोहलपुरमा रहेको सेन्ट्रल प्लाजा बाँकेमा बिहान १० बजेदेखि आयोजना हुँदैछ । उक्त सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।