काठमाण्डौ । प्रतिनिधिसभामा आज एमसीसीमा टेबल नहुने भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति बनेको हो। 

आज प्रतिनिधिसभामा एमसीसी टेबल हुने भनिएको थियो। तर दुवै नेताबीचको सहमति एमसीसी आज टेबल नगर्ने सहमति बनेको हो। 

यसअघि माओवादी केन्द्रको सिंहदरबारमा बसेको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको थियो। प्रतिनिधिसभामा एमसीसी टेबल भए सरकारबाट बाहिरिने निर्णय पनि माओवादी केन्द्रले गरेको थियो।

बैठकले लगत्तै अध्यक्ष दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। 

एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको हो ।