काठमाण्डौ । आज मंगलबार सेयर कारोबार नहुने भएको छ।

सरकारले आज (वैशाख २० गते) इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदाका दिन सार्वजनिक र सरकारी कार्यालय तथा संघसंस्था बन्द रहन्छन्। यही कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहने भएकोले आज सेयर कारोबार हुने छैन। 

यो साता ३ दिनमात्रै सेयर कारोबार हुने भएको छ। गत आइतबार पनि मे १ (मजदुर दिवस) का अवसरमा सार्वजनिक बिदा दिइएकोले सेयर कारोबार भएको थिएन। 

हिजो सोमबार सेयर बजार खुलेको थियो। यो दिन नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ को विन्दुमा झरेको छ। 

अब भोलि बुधबार र पर्सि बिहीबार सेयर बजार खुला रहनेछ।