काठमाण्डौ । लगातार दोस्रो दिन पनि नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा उछाल आएको छ । 

यो साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल एग्रोको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी आएपछि पोजेटिभ सर्किट लागेको छ । नेपाल एग्रोको सेयरमूल्य हिजो बुधबार पनि १० प्रतिशतको हाराहारीमा बढेको थियो। 

कारोबार सुरु भएका आधा घन्टादेखि नेपाल एग्रोको सेयरमूल्य बढ्न थालेको थियो । करिब पौने घन्टामै नेपाल एग्रोको सेयरमूल्य १० प्रतिशतको हाराहारी अर्थात् ७१ रुपैयाँ प्रतिकित्ता बढेर ७८९ रुपैयाँ पुगेको छ । यसको बुधबार अन्तिम सेयरमूल्य १८ रुपैयाँ थियो । 

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा भने नेपाल एग्रोको ३ हजार २८६ कित्ता सेयर खरिद पोस्ट भएको छ । जब कि बिक्रीतर्फ एक कित्ता सेयर पनि पोस्ट भएको छैन । यसले कम्पनीको सेयर बिक्री गर्नेभन्दा खरिद गर्नेको चाप देखाएको छ ।