काठमाण्डौ । स्टक ब्रोकर नम्बर २८ श्रीकृष्ण सेक्युरिटिजबाट आज बिहीबार पनि जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयरमा जानाजान चलखेल भएको छ।
हिजैदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको जनरल इन्स्योरेन्स कम्पनीमा न्यूनतम १० कित्ताभन्दा तल टुक्र्याएर बिक्री गर्दैै चलेखल भएको हो। नेप्सेको फ्लोरसिटमा जनरल इन्स्योरेन्सको १० कित्ता सेयरलाई टुक्र्याई २ कित्ता र ८ कित्ता क्रमशः प्रतिकित्ता रु. ३४६ र रु. ३४३ प्रतिकित्तामा स्टक ब्रोकर नम्बर २८ बाट स्टक ब्रोकर नम्बर २८ सँग नै कारोबार म्याचिङ भएको छ।
यस विषयमा स्टक ब्रोकर नम्बर २८ का सञ्चालक नन्द किशोर मुन्दडाले आफ्ना अनलाइन ग्राहकले उक्त सेयर कारोबार गरेको दाबी गरेका छन्। सेयरमूल्य बढाउने योजनामा लगानीकर्ताले यस्तो चलखेल प्रयास गरेको उनको भनाइ छ।
हिजो पहिलो दिन नै पनि जनरल इन्स्यारेन्स कम्पनीको सेयर टुक्र्याएर स्टक ब्रोकर नम्बर ४ ओपल सेक्युरिटीजबाट कारोबार भएको थियो।
यस्तै प्रकृतिको घटना केही महिनाअघि स्टक ब्रोकर नम्बर ४४ डाइनामिक मनी मेनेजर्सबाट पनि भएको थियो। त्यसपछि नेप्सेले स्टक ब्रोकर नम्बर ४४ लाई निलम्बन गरी कार्वाही गरेको थियो।
भर्खरै नेप्सेमा सूचीकृत भई हिजो बुधबार पहिलो कारोबार भएको जनरल इन्स्योरेन्स कम्पनीको सर्वसाधारणलाई न्यूनतम १० कित्ता वितरण भएको छ। नियमानुसार न्यूनतम १० कित्ताभन्दा तल बिक्री गर्न पाइँदैन। तर आफूसँग पर्याप्त सेयर हुँदाहुँदै वा नियोजित रुपमा सेयर खरिदबिक्री गर्ने प्रयासलाई कम्पनीको सेयरमूल्य प्रभावित पार्न खोजेको प्रष्ट देखिन्छ।
नेप्सेमा गत सोमबार जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड सूचीकृत भई हिजो बुधबार पहिलो दिन उक्त कम्पनीको सेयर दोस्रो बजारमा खरिदबिक्री भएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19