काठमाण्डौ । सेयर बजारको आकार पौने २३ खर्ब रुपैयाँ नाघेको छ ।
आज बुधबार नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण २२ खर्ब ८८ अर्ब २६ करोड ९५ लाख रुपैयाँभन्दा बढी पुगेको हो ।
हिजो मंगलबार नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण २२ खर्ब ४९ अर्ब ५५ करोड ९८ लाख रुपैयाँभन्दा बढी पुगेको थियो ।
गत कात्तिक ६ गते बजार पूँजीकरण २१ खर्ब ४६ अर्ब रुपैयाँ थियो । नेप्से परिसूचक र कारोबार रकमले निरन्तर उकालो गति लिएसँगै कुल बजार पूँजीकरणले समेत नयाँ रेकर्ड बनाउँदै आएको छ ।
आज नेप्से परिसूचकमा २८.८९ अंकको वृद्धिसँगै परिसूचक १७०७.६७ अंक उक्लियो ।
यसैबीच आज बजारमा ४ अर्ब रुपैयाँ बढी सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago