काठमाण्डौ । सार्वजनिक बिदाका कारण आज पुस १५ गते सेयर कारोबार नहुनेपछि नेप्सेमा सूचीकृत ९ कम्पनीको लाभांश सुरक्षित गर्ने मौका लगानीकर्ताले गुमाएका छन्।
लगानीकर्ताहरुले हिमालयन डिस्टिलरी, नबिल बैंक, कृषि विकास बैंक, सूर्योदय लघुवित्त, फरवार्ड माइत्रफाइनान्स, गुडविल फाइनान्स, सिद्धार्थ बैंक, आरएमडीसी लघुवित्त र सेन्ट्रल फाइनान्सको लाभांश सुरक्षित गर्ने मौका गुमाएका हुन्। यीमध्ये हिमालयन डिस्टिलरी, नबिल बैंक, कृषि विकास बैंक, सूर्योदय लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स र गुडविल फाइनान्सले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।
यसैगरी सिद्धार्थ बैंक, आरएमडीसी लघुवित्त र सेन्ट्रल फाइनान्सले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।
यसको अर्थ आज पुस १५ गतेसम्म कायम सेयरधनीहरुले यी १० कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने थिए। तर सरकारले तमु ल्होसार पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिएका कारण सेयर कारोबार पनि बन्द रहने भएकोले यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने अन्तिम मौका लगानीकर्ताहरुले गुमाएका हुन्।
यी कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश –
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19