- अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपालकै इतिहासमा हालसम्मकै ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आईपीओ खुलेको तेस्रो दिन आइतबार बिहान १० बजेसम्ममै मागभन्दा बढी आवेदन परेको छ।
आज बिहान १० बजेसम्म ६ लाख ३९ हजार बढी आवेदकबाट ७ करोड ९४ लाख कित्ता बढी आईपीओका लागि आवेदन परेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ।
यो बैंकले गत पुस २ गतेदबाट कुल ८ करोड कित्ता आईपीओ निष्कासन गरेको छ। कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ। यो हिसाबले हालसम्म यो आईपीओमा ३६ लाख बढी कित्ताका लागि आवेदन परिसकेको छ।
यसैबीच निफ्राले निष्कासन गरेको आईपीओमा अचाक्ली आकर्षण देखिएको छ।
यति ठूलो आईपीओमा कम्तीमा प्रतिआवेदक ५० कित्ता बढी नै सेयर हात पर्ने सम्भावना रहेका कारण सर्वसाधारणको अचाक्ली आकर्षण देखिएको छ।
यही आईपीओलाई लक्षित गरी डिम्याट खोल्ने सर्वसाधारणहरुको मर्चेन्ट बैंक, ब्रोकर हाउस र बैंकहरुमा भीड नै लागेको छ। यो सिलसिला विगत डेढ सातादेखि नै कायम रहेको मर्चेन्ट बैंकहरु बताउँछन्।
यो आईपीओमा छिटोमा माघ ६ गते बैंकिङ समयसम्म आवेदन दिइसक्नुपर्नेछ। आईपीओ बन्द हुने समय अब २ दिनमात्र रहँदा सर्वसाधारण मर्चेन्ट बैंक, ब्रोकर हाउस अनि बैंकहरुमा डिम्याट खोल्ने निकै रस्साकस्सी गरिरहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19