काठमाण्डौ । नेपालमा शुक्रबार बिहान थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ४८७ पुगेको छ।
बिहान ९ बजे स्वास्थ्य मन्त्रालयद्वारा विज्ञप्तिअनुसार काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र चितवनको भरतपुर अस्पतालस्थित प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएकामा नवलपरासी (बर्दघा सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ का ४५ वर्षीय पुुरुष, चितवन भरतपुर महानगरपालिका–६ केसरबाघका ७४ वर्षीय पुुरुष र ७३ वर्षीया महिला तथा नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३ र १८ निवासी ३३ र ३५ वर्षीया पुरुष तथा १५ वर्षीया किशोरी छन्।
यसैगरी कपिलवस्तुको बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षीय पुरुष र ८ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
सर्लाहीको गौडैता नगरपालिका–८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षीय पुरुष र १८ वर्षीया किशोरीमा कोरोना संक्रमण पोजेटिभ आएको छ।
आज बिहान संक्रमण पुष्टि भएका सबैको स्वास्थ्यस्थिति सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये सिन्धुपाल्चोककी एक महिला, बाँके र गुल्मीका दुई पुरुष गरी तीनजनाको ज्यान गइसकेको छ भने ४९ जना निको भएर घर फर्किसकेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago