काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओमा आज असोज १८ गते बैंकिङ समयम्म आवेदन दिन पाइने भएको छ। 

गत असोज १४ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा हिजो असोज १७ गते बैंकिङ समयपछि हुने भनिएको थियो। तर, तोकिएको मितिसम्म पूर्ण रुपमा सब्सक्राइब्ड नहुने अनुमानमा यो आईपीओमा आवेदन दिने म्याद लम्ब्याइएको थियो। 

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले एक सूचना प्रकाशित गरी आज बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको जानकारी गराएको छ।

सीडीएससीका अनुसार बुधबार साँझसम्म यो आईपीओमा ९ लाख ८६ हजार ७५० आवेदकले १ करोड १७ लाख ५२ हजार २९० कित्ता खरिदका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १.२१ गुणले बढी हो।