काठमाण्डौ । राजधानीमा बसेर तपाईं आज कुनै जरुरी काममा निस्कदै हुनुहुन्छ ? त्यसो हो भने आज दिनभर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल आगमनको क्रममा प्रभावित हुने राजधानीका सडकखण्डहरुको बिषयमा जानकारी लिन आवश्यक हुन्छ । 

भारतीय राष्ट्रपति त्यहाँका केही राज्यमन्त्री र सांसदसहित तीन दिने नेपाल भ्रमणको क्रममा आज काठमाण्डौ अवतरण हुँदैछन । सर्वत्र आलोचनाका बीच आज सरकारले सार्वजनिक विदा समेत दिएको छ । ट्राफिक व्यवस्थापन चुस्त बनाउन समेत विदा दिइएको यसअघि सरकारी अधिकारीहरुले प्रष्ट पारिसकेका छन् । यसकारण भारतीय राष्टपति मुखर्जीको सवारी हुने सडक खण्डहरु सरकारले खालि गर्दैछ । ती खण्ड हुँदै कतै जाने काम छ भने तपाई फस्न सक्नुहुन्छ । 

ट्राफिक प्रहरीले विभिन्न रुटको बैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई सुझाएको छ । ती वैकल्पिक मार्गमा सार्वजनिक सवारीहरु समेत गुड्न पाउनेछन् । राजधानीको ट्राफिक व्यवस्थापन मुखर्जीको सवारीका कारण आजदेखि ३ दिनसम्म प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ । 

हेरौं मुखर्जीको भ्रमणले कुन समयमा कुन रुट बढी प्रभावित हुन्छन् ?

समय : साढे ११ बजे देखि दिउँसो ३ बजेसम्म
प्रभावित हुने क्षेत्र : गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, थापाथली, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्र । 

समय : १ बजे देखि ३ बजेसम्म
प्रभावित हुने क्षेत्र :  केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, सोह्रखुट्टे, जयनेपाल क्षेत्रमा गाडी चलाउन निषेध ।

समय : दिउँसो पौने २ बजे देखि पौने ४ बजे सम्म
प्रभावित हुने क्षेत्र : गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चावहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्र ।

समय : साँझ साढे ६ बजे देखि बेलुकी साढे ८ बजेसम्म
प्रभावित हुने क्षेत्र : गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, मित्रपार्क, चावहील, बौद्ध, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, भोटोबहाल, कालिमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्र ।