काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आज सोमबार (कात्तिक २४ गते) आयोजना गर्दैछ।
गत असोज २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आज वार्षिक साधारणसभा डोकेको हो। आज बिहान ११ बजेबाट कम्पनीको काठमाण्डौ अनामनगरस्थित कर्पोरेट कार्यालयमा सभा भर्चुअल जुम मिटिङमार्फत सञ्चालन हुनेछ।
सभाले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रतावित नगद लाभांश पारित गर्नेछ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर २४.२१ प्रतिशतका दरले हुन आउने कुल १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने निर्णय गरेको छ।
वार्षिक साधारणसभा प्रयोजनाका लागि कम्पनीले कात्तिक १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १२ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19