काठमाण्डौ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन आज साँझबाट पुनः खुल्ने भएको छ। 

यातायात व्यवस्था विभागले आज सूचना जारी गर्दै लाइसेन्स लागि हालसम्म परेका अनलाइन आवेदनहरु रद्द गरी आज सोमबार साँझबाट अनलाइन आवेदन प्रणाली सुरु गर्ने भएको हो। नयाँ सवारीचालक अनुमतिपत्र प्राप्त गर्न विभागले तोकेको वेबसाइटमा लगइन गरी नयाँ आवेदन फाराम भर्न सक्नेछन्। 

विभागले अहिले नयाँ प्रविधिको विकास गरेको छ। जसबाट सहजै सेवाग्राहीले सेवा प्रदान गर्ने सक्नेछन्। 

सेवाग्राहीले अब अनलाइनबाटै फाराम भरी आवश्यक दस्तुर तिर्न र ट्रायलका लागि मिति लिन सक्नेछन्। यसअघि लाइसेन्स लिन सेवाग्राहीले विभागले तोकेको मितिमा कार्यालयमा उपस्थित हुनुपथ्र्यो।

नयाँ प्रविधिको विकासले अब सेवाग्राहीले सहजै लाइसेन्सको प्रक्रिया अगाडि बढाउन सक्ने र सहजै ट्रायल दिन पाउने विभागले जनाएको छ। 

गत चैत १ देखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द छ। सेवाग्राहीको अधिक चाप र सर्भरमा देखिने समस्याका कारण विभागले अनलाइन प्रणाली बन्द गरेको थियो।