काठमाण्डौ । आज शुक्रबार सेयर कारोबार २ घन्टामात्रै हुनेछ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत जेठ २५ को निर्णयअनुसार असारबाट सातामा ६ दिन कारोबार हुनेछ। यसअघि सातामा ५ दिनमात्रै कारोबार हुन्थ्यो।
नेप्सेको निर्णय अनुसार आइतबारबाट बिहीबारसम्म पूर्ववत समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अर्था ४ घन्टा सेयर कारोबार हुनेछ। शुक्रबार भने बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म अर्थात २ घन्टामात्रै सेयर कारोबार हुनेछ।
सरकारले यसअघि जेठमा परीक्षणका रुपमा सातामा २ दिन बिदा (शनिबार र आइताबर) दिने निर्णय गरेको छ। सोहीअनुसार सेयर बजार पनि सोमबारदेखि शुक्रबारसम्म खुला गर्ने नेप्से निर्णय गरेको छ।
सर्वत्र आलोचनापछि मन्त्रिपरिषदको गत जेठ २३ गते बसेको बैठकले सातामा २ दिन बिदा दिने निर्णय खारेज गर्यो। त्यसपछि नेप्से सञ्चालन समितिको बैठकले सातामा ६ दिन आइतबारदेखि शुक्रबारसम्म कारोबार सेयर खुला राख्ने निर्णय गरेको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19