काठमाण्डौ । सेयर बजार आज सोमबार बन्द रहनेछ। 

आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। यो दिन सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। 

सार्वजनिक बिदा दिइएकोले सेयर बजार पनि बन्द रहने भएको हो। बजार अब मंगलबार खुल्नेछ। 

यो साताको सेयर बजारले खराब सुरुआत गरेको छ। पहिलो दिनै आइतबार बजार दोहोरो अंकले ओरालो लागेर १८७०.६५ को विन्दुमा बन्द भएको छ।