काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २ कम्पनीको वार्षिक साधारणसभा (एजीएम) आज फागुन २५ गते हुँदैछ। दुवै सभाले कम्पनीद्वारा प्रस्तावित लाभांश अनुमोदन गर्नेछन्।

आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) लिमिटेडले आआफ्नो वार्षिक साधारणसभा आयोजना गर्न लागेका हुन्।

निर्धन उत्थानको सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १३.६८ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १३ प्रतिशतले हुन आउने बोनस सेयर र ०.६८ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले गत फागुन ११ गतेदेखि आज फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १० गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्। 

यसैगरी एलआईसी नेपालको सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको कुल १०.५२३३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.५२३३ प्रतिशत नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) रहेका छन्। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो गत फागुन ७ गतेदेखि आज फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ६ गतेसम्म कायम सेयरधनीहरुमा यो कम्पनी लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।