काटमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बाट अनुमति पाएका आठवटा ब्रोकर कम्पनीले मार्जिन कारोबार अनुमतिपत्र नवीकरण गरेका छन् ।

नेप्सेबाट गत आर्थिक वर्षमा मार्जिन कारोबार गर्न अनुमति पाएका आठ ब्रोकर कम्पनीले नवीकरण गरेका हुन्। अनुमतिपत्र नवीकरण गर्नेमा भिजन सेक्युरिटिज कम्पनी, क्रिस्टल कन्चनजंघा सेक्युरिटिज, कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, नेपाल स्टक हाउस, प्राइमो सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी छन् । नवीकरण गर्ने सबै ब्रोकर कम्पनीले नेप्सेबाट पहिलो चरणमा गत असार २१ गते अनुमति लिएका थिए। 

चालु आर्थिक वर्षमा मार्जिन कारोबारको अनुमति लिएका १३ वटा ब्रोकर कम्पनीहरु दक्षिणकाली इन्भेस्टमेन्ट, स्वेता सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, सुन्धारा सेक्युरिटिज, प्रज्ञान सेक्युरिटिज, दिव्य सेक्युरिटिज एन्ड स्टक हाउस, डाइनामिक मनी मेनेजर्स, नासा सेक्युरिटिज, निभ सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज, सिप्रदी सेक्युरिटिज र अनलाइन सेक्युरिटिजको अनुमति अर्को वर्षमात्र नवीकरण गर्नुपर्नेछ ।