काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अहिलेसम्म झन्डै १५० गुणा बढी आवेदन परेको छ।
यो लघुवित्तले गत असार १ गतेदेखि ६७ लाख रुपैयाँबराबर आईपीओमा आवेदन खुला गरेको छ। संस्थाले १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। कुल कित्तामध्ये ३ हजार ३५० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि र १ हजार ३५ कित्ता सेयर (०.५ प्रतिशत) कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
सीडीएससीका अनुसार बिहीबार साँझसम्म यो आईपीओमा ८ लाख ९ हजार ४३७ आवेदकबाट कुल ९३ लाख ४ हजार ४२० कित्ता सेयर खरिद आवेदन परेको छ। जुन मागभन्दा १४८.५९ गुणा बढी हो।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ६ हजार २६१ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये भाग्यमानी ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यो आईपीओको निष्कासन बन्द असार ६ गते बैंकिङ समयपछि हुनेछ।
लगानीकर्ताले सी–आस्बा सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्। सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
आदर्श लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago