काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म ३२१ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
आदर्श लघुवित्तको आईपीओमा आज असार ५ गते बैंकिङ समयसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। यो लघुवित्तले गत असार १ गतेदेखि ६७ लाख रुपैयाँबराबर आईपीओ बिक्री खुला गरेको थियो।
यो लघुवित्तले १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ३ हजार ३५० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि र १ हजार ३५ कित्ता सेयर (०.५ प्रतिशत) कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ६२ हजार ६१५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा १७ लाख ९६ हजार ६८४ आवेदकबाट कुल २ करोड १ लाख ४२ हजार ६१० कित्ता सेयर खरिद आवेदन परेको छ। जुन मागभन्दा ३२१.६९ गुणा बढी हो।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ६ हजार २६१ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये भाग्यमानी ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
यो आईपीओको बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19