काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ। 

काठमाण्डौको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालय आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ। 

आदर्श लघुवित्तले गत असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँबराबरको आईपीओ बिक्री गरेको थियो। संस्थाले १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ जारी गरेको थियो। जसमध्ये ५ प्रतिशतले हुने ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुने १ हजार ३५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ६२ हजार ६१५ कित्तामा सर्वसाधारणलाई आवेदन दिने व्यवस्था गरिएको थियो। 

यो आईपीओमा १८ लाख ७ हजार बढी आवेदकले २ करोड २ लाख ५० हजार कित्ताभन्दा बढी सेयर खरिद आवेदन दिएका छन्। 

मागभन्दा बढी आवेदन परेकै कारण आदर्श लघुवित्तको आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्य ६ हजार २६१ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। बाँकी १८ लाख बढी आवेदकको हात खाली हुनेछ।