काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर भोलि मंगलबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

यो लघुवित्तको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। 

नेप्सेमा आज आदर्श लघुवित्तको कुल २ लाख ७ हजार कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १ लाख ४० हजार कित्ता र सर्वसाधारणको ६७ हजार कित्ता रहेको छ। 

यो लघुवित्तलाई नेप्सेले ‘एडीएलबी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि न्यूनतम १२२.८८ रुपैयाँदेखि अधिकतममा ३६८.६४ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। 

यदि भोलि नेप्सेले तोकेको रेन्जभित्र यो लघुवित्तको सेयर स्पेसल प्रि–ओपन सेसनमा किनबेच भएमा नियमित समयका लागि कारोबार खुल्नेछ। 

आदर्श लघुवित्तले गत असार १ गतेदेखि असार ५ गतेसम्म आईपीओ बिक्री गरेको छ। यो आईपीओको बाँडफाँड असार १३ गते भएको थियो।