काठमाण्डौ । पुँजीबजारको सुधार र विकासको माग राख्दै आन्दोलनरत लगानीकर्ताले आज राजधानीमा बृहत प्रदर्शन गरिरहेका छन्।
पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा आज दिउँसो ३ बजेबाट काठमाण्डौको माइतीघरमा सुरु भएको बृहत प्रदर्शन अहिले बानेश्वरतिर अगाडि बढिरहेको छ। प्रदर्शनमा हजारौँ लगानीकर्ता उर्लिएका छन्।
प्रदर्शनमा उत्रिएका लगानीकर्ताहरुले पुँजीबजारमैत्री नीति लागू गर्न, नीतिगत भ्रष्टाचार अन्त्य गर्न, बैंकलाई ब्रोकर लाइसेन्स दिन, सीसीडी रेसिया कायम गर्न, ४–१२ को क्याप हटाउन, बोनसमा लाभांश कर हटाउन, पुँजीगत लाभकर कम गर्न, स्थिर ब्याजदर कायम गर्न, १९ बुँदे माग पूरा गर्नजस्ता माग गरेका छन्।
आजको प्रदर्शनमा ब्रोकर र मर्चेन्ट बैंकहरुले ऐक्यबद्धता जनाउँदै सहभागी भएका छन्।
गत सोमबारबाट संघर्ष समितिको अगुवाइमा लगानीकर्ताले पुँजीबजार सुधार र विकासका लागि १९ बुँदे माग अघि सार्दै आन्दोलनरत छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19