काठमाण्डौ । आफ्नो हितका लागि लाखौं सर्वसाधारणहरुमाथि महंगीको भार थोपर्ने कुरा गर्न मिल्छ ? नैतिकवानहरुको नजरमा यस्तो काम गर्न मिल्दैन । तर नाफा र कमिसन मात्र ताक्नेहरुका लागि चाहि यस्ता कुरा नैतिकताभित्र नपर्दा रहेछन् । ग्यास बिक्रेता महासंघले मंगलबार आफ्नो कमिसन कम भएको भन्दै ग्यासको मूल्य नबढाइए डिलरहरुको चाबी सरकारलाई बुुझाउने र ग्यासको रिफिलिंग उद्योगहरुसम्मलाई पनि ठप्प पारिदिने चेतावनी दिएको हो । 

ग्यास बिक्रेताहरुले अहिले प्रति सिलिण्डर ग्यासबाट ३२ रुपैयाँ कमिसन पाउँदै आएका छन् । तर यति कमिसनले आफूहरुलाई नपुुग्ने भन्दै बढाएर ६७ रुपैयाँ नपुर्याए ग्यास बिक्री नै ठप्प पारिदिने चेतावनी । 

महासंघले डिलरको कमिसन बृद्धिका लागि प्रति सिलिण्डर ग्यासको मूल्य ५ प्रतिशत वृद्धि गर्नुपर्ने लगायतका ७ बुँदे माग अघि सारेको हो । 

ग्यास बिक्रेताहरुले अहिले प्रति सिलिण्डर ग्यासबाट ३२ रुपैयाँ कमिसन पाउँदै आएका छन् । तर यति कमिसनले आफूहरुलाई नपुुग्ने भन्दै महासंघले यसलाई बढाएर ६७ रुपैयाँ नपुर्याए ग्यास बिक्री नै ठप्प पारिदिने चेतावनी दिएको हो । 

ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बिजशालासँग टेलिफोनमा कुरा गर्दै विगत ६ वर्षदेखि बिक्रेताको कमिसन नबढेको उल्लेख गर्दै यसपटक यो माग पूरा नभए ग्यासको बिक्रीवितरण नै ठप्प पारिदिने चेतावनी दिए । उनले भने–‘महंगी बढेर कहाँबाट कहाँ पुगिसक्यो, हामी चाहि ६ वर्षअघिकै कमिसनमा काम गर्नुपर्ने ? कसरी चल्नु ? कसरी धानिनु ?’

उनका अनुसार महासंघले सरकार समक्ष देशभरका डिलरहरुको प्रमाणीकरणको प्रक्रिया अगाडि बढाउनुपर्ने, डिलर र डिलरमा काम गर्नेहरुको बिमा हुनुपर्ने, ग्यासमा कायम राखिएको मूल्य अधिवद्धि कर (भ्याट) हटाउनुपर्ने, व्यवसायीमाथि थोपरिएको झुठा मुद्दा फिर्ता लिनुपर्ने, तालिमप्राप्त जनशक्ति भएको डिलरलाई मात्र इजाजत दिनुुपर्ने, उपभोक्ता सचेतना कार्यक्रम देशभर चलाउनुपर्ने लगायतका माग राखेको छ । 

महासंघले कमिसन वृद्धि लगायतका माग पूरा गराउनकैका लागि आगामी पुस २९ गतेदेखि सुरु गर्ने गरी संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ । घोषित कार्यक्रम अनुसार ग्यास रिफिलिङ उद्योगमा धर्नासँगै तालाबन्दी गर्ने, नेपाल आयल निगम घेर्ने र त्यति गर्दा समेत कमिसन नबढे अनिश्चितकालका लागि ग्यास बिक्री रोक्ने भनिएको छ ।