काठमाण्डौ । आफ्ना उपकरणहरु (मोबाइल, ट्याब्लेट, ल्यापटप वा डेस्कटप कम्प्युटर)लाई सकेसम्म लक गरेरमात्र छाड्न आग्रह गरिएको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षाका लागि जनहितमा जारी सन्देशमा यस्तो आग्रह गरिएको हो। प्राधिकरण साइबर सुरक्षाका लागि अपनाउनुपर्ने मुख्य १० असल बानीबारे सन्देश दिँदै आफ्ना उपकरणहरु बेवारिसे अवस्थामा नछाड्न र छाड्नै परेमा लक गरेर राख्न आग्रह गरेको छ। 

आफ्ना उपकरणमा बलियो पासर्व (अंक, अक्षरः लोवर र अप्पर केस, चिह्नसहितको १० अक्षरहरुभन्दा बढी भएको) राख्न र पासवर्डलाई नियमित परिवर्तन गर्न पनि प्राधिकरणले सुझाएको छ। 

यसैगरी आफ्ना पासवर्ड, ओटीपी, पिन कोड कसैसँग सेअर नगर्न र पासवर्ड, ओटीपी, पिन कोडलाई सुरक्षित साथ राख्न पनि प्राधिकरणले सुझाव दिएको छ। 

आफेनो खाता (ई–मेल अकाउन्ट, सोसल मिडिया, फेसबुक, मोबाइल बैंकिङ एप आदि)मा पासवर्डमा अतिरिक्त कम्तीमा थप एउटा अथेन्टिकेसन गर्ने माध्यम जस्तै मोबाइल नम्बर, आफ्नो ई–मृेल, फिंगर प्रिन्टजस्ता मल्टी–फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ। 

यस्तो छन् दूरसञ्चार प्राधिकरणका १० सन्देश–