काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीको पुुस ३० गते सोमबार अपरान्ह बसेको संचालक समितिको ४०५ औं बैठकले आर्थिक वर्ष २०७३/७४ का लागि हाल कायम चुक्तापूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ रहेको छ।

यो निर्णय बिमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि लाभांश घोषणा गर्न बाँकी छ।