काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वभरका वैज्ञानिकहरु भ्याक्सिन वा औषधि बनाउन लागिपरेका छन्। यस्तैमा एउटा खुसीको खबर आएको छ। अस्ट्रेलियाका वैज्ञानिकहरुले सम्भावित कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाएर परीक्षण सुरु गरेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अक्सफोर्ड युनिभर्सिटी र अमेरिकी कम्पनी इनोभिओ फर्मास्युटिकल्सले बनाएको भ्याक्सिन जनावरमा सफल परीक्षण भइसकेको छ। यदि यो भ्याक्सिन मानिसमा परीक्षण गर्दा पनि सफल भयो भने अस्ट्रेलियाको साइन्स एजेन्सीले विश्वमै पहिलोपटक प्रयोगमा ल्याउनेछन्।
गत महिना अमेरिकामा पहिलोपटक मानिसमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण गरिएको थियो तर पछि जनावरमा परीक्षण गर्ने चरणमा पछि हट्यो।
अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएसआईआरओ) का अनुसार यो परीक्षण पहिला पूर्ण रुपमा जनावरमा प्रयोग गरेपछि प्रिक्लिनिकल ट्रायल हुनेछ।
शोधकर्ताहरुका अनुसार पूरै विश्वबाट प्राप्त शानदार सहयोगकै कारण पहिलो चरणको परीक्षण सफल भएको छ। सीएसआईआरओका डा रब ग्रेनफेल भन्छन्, ‘सामान्यतया यो चरणमा पुग्न एक÷दुई वर्ष लाग्थ्यो तर हामीले केवल दुई महिनामै यो चरण पार गर्यौँ।’
कसरी काम गर्छ यो भ्याक्सिन ?
पछिल्लो केही दिनमा सीएआईआरओको टिमले यो भ्याक्सिन गन्ध बिरालो (नेवली जातिको जनावर) मा परीक्षण गरिएको हो। यो प्रमाणित भइसकेको छ कि यो बिरालोमा मानिसजस्तै कोरोना भाइरसको संक्रमण फेला पर्न सक्छ।
वास्तवमा सार्स कोभिड–२ भाइरस कोरोना संक्रमणका लागि जिम्मेवार हुन्छ। पूरै विश्वमा कम से कम २० थरीका भ्याक्सिनमा अहिले काम भइरहेको छ।
सीएसआईआओको टोलीले दुई थरी भ्याक्सिन बनाउने काम गरिरहेका छन्। पहिलो भेक्टर भ्याक्सिन अक्सफोर्ड युनिभर्सिटीमार्फत विकास गर्ने काम भइरहेको छ। यसमा कोरोनाभाइरसको प्रोटिनको इम्युन सिस्टममा मिलाउन ‘डिफेक्टिभ’ भाइरसको प्रयोग भइरहेको छ। अनि त्यसपछि यसबाट पर्न सक्ने प्रभावको परीक्षण भइरहेको छ।
भिक्टोरियामा अस्ट्रेलियन एनिमल हेल्थ ल्याब्रोटरीका प्रोफेसर ट्रेवर ड्रका अनुसार यो इम्युन सिस्टममा मिलाइएको भाइरस आफ्नो प्रतिलिपि तयार गर्दैन। त्यसैले यो भ्याक्सिनबाट बिरामी हुने सम्भावना छैन।
अर्को भ्याक्सिन अमेरिकी कम्पनी इनोभिओ फर्मास्युटिकल्सले तयार गरेको हो। यो भ्याक्सिन अलि भिन्न तरिकाले काम गर्छ।
यो भ्याक्सिनलाई यसरी तयार गरिएको छ कि यो इम्युन सिस्टममा कोरोनाभाइरसका केही प्रोटिनलाई इनकोड गर्छ र फेरि शरीरको कोशिकाहरुमा ती प्रोटिनलाई उत्पन्न गर्नका लागि उत्प्रेरित गर्छ।
यिनै थुप्रै परीक्षणका कारण यो भ्याक्सिन सफल हुनेमा वैज्ञानिकहरु निकै आशावादी छन्।
कहिलेसम्म आउँछ अन्तिम नतिजा ?
वैज्ञानिकहरुका अनुसार जनावरमा गरिएको परीक्षणको अन्तिम नतिजा आउँदो जुन महिनासम्म आउँछ। यदि नतिजा सही आयो भने यो भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि पठाइनेछ। यसपछि यो बजारमा पठाउने प्रक्रियाले तीव्रता पाउनेछ।
यो सबै प्रक्रियाका लागि कम से कम १८ महिना लाग्न सक्ने उनीहरु बताउँछन्। – बीबीसीका भावानुवाद
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago