काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार बढेर बन्द भएको छ ।
दिनभरको कारोबारमा उत्तारचढाव रहेको बजार अन्त्यमा आएर कारोबार रकमसहित बढेको छ ।यो दिन सेयर बजार ९.८७ अंकले बढेको छ ।अघिल्लो कारोबार दिन भने बजार २०.६७ अंकले बढेको थियो ।
यो दिन बजार बढेर १ हजार ८६०.२० को विन्दुमा बन्द भएको छ । यो दिन सूचीकृतमध्ये २९२ कम्पनीका ४४ लाख २० हजार ५१८ कित्ता सेयर १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बजारले बोलिङगरको मध्य ब्यान्ड अर्थात् १ हजार ८६५ विन्दुमा प्रतिरोध सामना गरेको छ । यदि आगामी कारोबारमा बजार यहाँबाट पनि माथि जान्छ भने बजार केही अंक सुधार हुन सक्छ । म्याक्डीमार्फत् हेर्दा भने बजार केही समय पहिले नै बुलिस क्रस बनेको छ । डेली बेसमा बजारलाई आरएसआईमार्फत् हेर्दा बुलिस डाइभर्जेन्स बनेको छ ।
बजार घट्दा यस्तो विन्दु ओभर सोल्ड जोन २८ सम्म आएको थियो । तर अहिले भने करिब ४३ को तहमा पुगेको छ । अर्थात् बजारमा आरएसआईमा बुलिस डाइभर्जेन्स बनेको छ । केही दिनदेखि बजार बढ्दा कारोबार पनि क्रमिक रुपमा बढेको छ । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ ।
पिभट् मार्फत् हेर्दा बजार बढेमा अबको प्रतिरोध क्रमश : १ हजार ८७५, १ हजार ८९७ र १ हजार ९२६ मा प्रतिरोध सामना गर्ने छ । त्यसैगरि, घटेमा क्रमशः सपोर्ट १ हजार ८४६,१ हजार ८२३ र १हजार७९५ मा लिन सक्ने छ ।
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago