initial public offering(IPO)
काठमाण्डौ । बुटवलमा मुख्य कार्यालय रहेको आरएसडिसी लघुवित्त बित्तीय संस्था लिमीटेडले ४ लाख कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।
आगामी भदौ ५ गतेदेखि ४ करोड मूल्यको ४ लाख कित्ता सेयर आइपीओ हुन लागेको हो ।
शुक्रबार कम्पनीले सार्वजनिक गरेको एक सूचना अनुसार भदौ ५ गतेदेखि आइपीओका लागि आवेदन खुल्ला गरिने र भदौ ८ गतेसम्म भर्न पाइने व्यवस्था मिलाइएको छ । सो मितिसम्म पनि माग अनुसार आवेदन नपरेको खण्डमा अधिकतम मिति भदौ १९ लाई तोकिएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने बताइएको छ ।
यो माइक्रो फाइनान्स कम्पनीले ८ हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि, २० हजार कित्ता ७ वटा म्यूचिअल फण्ड संचालन गर्ने कम्पनीका लागि र बाँकी ३ लाख ७२ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।
कम्पनीको आइपीओ निश्कासन तथा व्यवस्थापनका लागि एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ ।
यो माइक्रो फाइनान्स कम्पनीले आइपीओ निश्कासनबाट चुक्तापूँजीमा ४ करोड रुपैयाँ थप गर्ने योजना बनाएको हो । आइपीओपछि कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ । यसको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ ।
आइपीओपछि कम्पनीमा संस्थापक र सर्वसाधारण सेयर स्वामित्व ६०ः४० प्रतिशत हुनेछ ।
आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७२/७३ को अवधिमा १ करोड ५० लाख खूद नाफा आर्जन गरेको छ ।
नेपाल राष्ट्रबैंकको नयाँ मौद्रिक नीतिले माइक्रो फाइनान्स कम्पनीले २०७५ साल असार मसान्तभित्रसम्म चुक्तापूँजी ६० करोड पुर्याउनुपर्ने व्यवस्था गरेको छ ।
नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो संस्थाको आइपीओलाई ग्रेड–४ को रेटिङ प्रदान गरेको छ ।
आइपीओ भर्न तोकिएका आवेदन संकलन केन्द्रहरु(सम्पर्क व्यक्तिको नम्बरसहित) :
१.एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड, लाजिम्पाट, काठमाण्डौ
२.नेपाल इन्भेष्टमेन्ट बैंकका उपत्यकाभित्र र बाहिरका सबै शाखा कार्यालयहरु । सम्पर्क : बद्रीप्रसाद प्याकुरेल फोन :४००५०८०
३.आरएसडिसी लघुवित्त बित्तीय संस्था, बुटवल, रुपन्देही । सम्पर्क व्यक्ति : रविनकुमार न्यौपाने, फोन : ०७१–४३८५१३
४.भिबोर क्यापिटल लिमीटेड, मानभवन, ललितपुर । सम्पर्क व्यक्ति : सागर तामाङ, फोन : ५५५४७९३
५.प्रभू क्यापिटल लिमीटेड, कमलादी, काठमाण्डौ । सम्पर्क व्यक्ति : सविता अर्याल, फोन : ४२२२९८७
६.गोर्खाज फाइनान्स लिमीटेडको डिल्लीबजारस्थित मुख्य कार्यालय, तथा देशभरका सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति : मुकुन्द श्रेष्ठ, फोन : ४४३०५२७
७.गुहेश्वरी मर्चेन्ट बैकिंग एण्ड फाइनान्स लिमीटेड, मानभवन ललितपुर तथा शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति : अर्चना प्रधान, सम्पर्क : ५५३७४०७
८. आइसीएफसी फाइनान्स लिमीटेड, भाटभटेनी काठमाण्डौ र सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति : सागरनिधि तिवारी, फोन : ४४२५२९२
९.नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेड, बुटवल ८, रुपन्देही तथा सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति :राजेन्द्र शर्मा, फोन : ०७१–५४१८१७
१०.सिनर्जी फाइनान्स लिमीटेड, कमलादी काठमाण्डौ तथा सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति : राजेश पुरी, फोन :४४४२४६१
११.साझा विकास बैंक लिमीटेड, धनगढी कैलाली तथा शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति : लक्ष्मी जोशी । फोन : ०९१–५२६००६
१२.सेवा विकास बैंक लिमीटेड, बुटवल रुपन्देही । सम्पर्क व्यक्ति : विष्णु कुँवर, फोन : ०७१–५४६९९३
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19