काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य  बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।

नेप्सेले कम्पनीको ८.६० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । जसअनुसार कम्पनीको सेयर मूल्य ४८७.७५ रुपैयाँ कायम भएको छ । साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको हो ।

 समायोजित मूल्यलाई आधार मानेर बिहीबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्ने छ ।