काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमीटेड(आरबिसिएल)का लगानीकर्ताहरुले एकदिनमै ४ अर्ब ३० करोड ३२ लाख बढी सम्पत्ति कमाएका छन् ।
यो कम्पनीको सेयर दोश्रो बजारमा उच्च मूल्यमा कारोबार हुँदै आएको छ ।
कम्पनीले मंगलबार चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको थियो । कम्पनीको वित्तीय विवरण उत्साहजनक देखिएसँगै यो कम्पनीको सेयर खरिदारीमा चाप पर्यो, जसका कारण कम्पनीको मूल्यमा पोजिटिभ सर्किट लाग्यो ।
यो कम्पनीको साधारण सेयरको दोश्रो बजार मूल्य प्रतिकित्ता १००५ रुपैयाँले बढेर ११ हजार ५५ रुपैयाँको उचाईमा पुगेको छ । १० प्रतिशतले मूल्य बढेको दिन यो कम्पनीका सर्वसाधारण लगानीकर्ताले २ अर्ब ६७ करोड ९६ लाख बढी कमाएका हुन् ।
दोश्रो बजारमा यो कम्पनीको २६ लाख ६६ हजार ३६५ कित्ता साधारण सेयर सूचिकृत छ ।
यस्तै, कम्पनीको संस्थापक समूहतर्फको सेयर मूल्यले समेत यो दिन पोजिटिभ सर्किट हानेको छ ।
संस्थापक सेयरको मूल्य प्रतिकित्ता ९१४ रुपैयाँले बढेर १० हजार ६३ रुपैयाँको उचाईमा पुगेको छ ।
दोश्रो बजारमा यो कम्पनीको १७ लाख ७६ हजार २९६ कित्ता संस्थापक सेयर सूचिकृत छ । यसको अर्थ संस्थापक सेयरधनीले मात्रै एकैदिन १ अर्ब ६२ करोड ३५ लाख ३४ हजार ५४४ रुपैयाँ सम्पत्ति थपेका छन् ।
यसरी हेर्दा राष्ट्रिय बिमा कम्पनीको सर्वसाधारण र संस्थापक सेयरधनीले मंगलबार एकैदिन ४ अर्ब ३० करोड ३२ लाख बढी सम्पत्ति कमाएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19