काठमाण्डौ । आर्थिक वर्ष २०७९–८० मा ४२ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन्। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पछिल्लो १ वर्षको अवधिमा ती कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। यसरी आईपीओ निष्कासनको अनुमति पाउनेमा जलविद्युत कम्पनीहरुको संख्या धेरै रहेको छ। यो अवधिमा २९ वटा जलविद्युत कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको छ। 

यो अवधिमा सेबोनबाट ४ वटा लघुवित्त, ४ वटा बीमा कम्पनी, २ वटा अन्य कम्पनी, होटेल, लगानी र उत्पादन तथा प्रशोधन समूहका १–१ वटा कम्पनीले पनि आईपीओ निष्कासनको अनुमति पाएका छन्। 

सेबोनले यो १ वर्षको अवधिमा २२ अर्ब ३७ करोड ८६ लाख १२ हजार ८९७ रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको छ। 

पछिल्लो १ वर्षमा आईपीओ निष्कासनको अनुमति पाएका कम्पनीमध्ये ३९ वटा आईपीओ निष्कासन गरिसकेका छन् भने केहीले बिक्री खुला गरिरहेका छन्। बाँकी ३ वटाले पनि आईपीओ निष्कासनको तयारी गरिरहेका छन्।

अघिल्लो वर्ष २०७८–७९मा २८ वटा कम्पनीले मात्रै आईपीओ निष्कासनको अनुमति पाएका थिए। यो हिसाबले आर्थिक वर्ष २०७९–८०मा आईपीओ ल्याउने कम्पनीको संख्या ५० प्रतिशतले बढेको छ। 

उता सेबोनको पाइपलाइनमा अझै १३ वटा कम्पनी आईपीओ निष्कासनको अनुमति पर्खाइमा छन्। 

आर्थिक वर्ष २०७९–८०मा आईपीओ निष्कासनको अनुमति पाएका कम्पनीहरु