काठमाण्डौ । नुवाकोटमा मुख्य कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थाले ३ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । 

यो कम्पनीले सर्वसाधारण र आफ्ना कर्मचारीका लागि १०० रुपैयाँ प्रतिकित्ताको दरले ३ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो । 

कम्पनीमा संस्थापक र साधारण सेयरको स्वामित्व संरचना मिलाउन यो कम्पनीले आगामी मंसिर २३ गते आह्वान गरेको पहिलो वार्षिक साधारणसभामा ३ करोड रुपैयाँको आइपीओ निश्कासनको बिषय पनि विशेष प्रस्तावको रुपमा पेश हुँदैछ । 

यो कम्पनीले बुधबार प्रकाशित गरेको साधारणसभाको सूचनामा उल्लेख भए अनुसार साधारणसभाले आइपीओ निश्कासनको अनुमति दिएपछि आवश्यक अन्य प्रक्रिया अगाडि बढ्नेछ ।