काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । 

प्रभू क्यापिटलले एक पत्रकार सम्मेलनमार्फत आइपीओ बाँडफाँड गरेको हो । 

आवेदन दिनेमध्ये ६२ हजार ९ सय ९३ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । 

बाँकी २ लाख ४६ हजार १ सय १२ आवेदक रित्तो हात हुनु परेको छ । 

यो कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ६ लाख २९ हजार ९ सय ३० कित्ता सेयर निश्कासन गरेको थियो । कुल १ करोड १५ लाख ८२ हजार २ सय ३० कित्ता खरीदका लागि आवेदन परेको थियो ।

कुल ३ लाख ९ हजार ७ सय ८२ ले सेयर खरीदका लागि आवेदन दिएकामा ६७७ आवेदन रद्ध भएको थियो । ती आवेदकबाट आएको ३२ हजार ९०० कित्ता खरीदको प्रस्ताव स्वतः रद्ध भएको कम्पनीले जनाएको छ । 

माघ १८ देखि २२ गतेसम्म निश्कासन भएको आशा लघुवित्तको कुल आइपीओमध्ये ३३ हजार ७०० म्युचुअल फण्डका लागि र १० हजार ३७० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो । 

आइपीओ कस-कसलाई पर्यो होला ? रिजल्टका लागि केहीबेर प्रतिक्षा गर्नुहोस् ।