काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि आज आइतबार आशा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब आशा लघुवित्तको प्रतिकित्ता ८७० रुपैयाँ कायम भएको छ। यो लघुवित्तको यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिशत १ हजार रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यसको कारोबार खुल्नेछ।
आशा लघुवित्तले गत आर्थिक वर्षका लागि कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.७८ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश आशा लघुवित्तको यही पुस २५ गते हुने चौथो वार्षिक साधारणसभाले पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि आशा लघुवित्तले आज पुस १२ गते एक दिनका लागि बुक क्लोज गरेको छ। यसको अर्थ गत बिहीबार (पुस ९ गते) सम्म कायम सेयरधनीहरुमात्र आशा लघुवित्तको लाभांश र सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago