 
                     
                                
                             
                                    काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर बिक्रीमा राखिएको छ।
संस्थाको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ। केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न चाहेकोले बिक्रीमा राखिएको संस्थाले जनाएको छ। यद्यपि सेयर संख्या भने खुलाइएको छैन।
हाल उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने संस्थाले जनाएको छ। यसका लागि ३५ दिनको समयावधि दिइएको छ।
इच्छुक सेयरधनीहरुले उक्त अवधिभित्र नुवाकोटको ककनीस्थित संस्थाको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई निवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण र संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19