काठमाण्डौ । साबिक आदर्श लघुवित्त सेयर डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाममा सूचीकृत भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आदर्श लघुवित्तको सेयर कारोबारमा आउने गरी डिप्रोक्स लघुवित्तको नाममा सूचीकृत भएको जानकारी गराएको हो। आदर्श लघुवित्तको कुल २ लाख ४८ हजार ४०० कित्ता डिप्रोक्स लघुवित्तमा थपिएको छ।

आदर्श लघुवित्तलाई १ः१ अनुपातमा डिप्रोक्स लघुवित्तले प्राप्ति गरेको थियो। 

डिप्रोक्स लघुवित्तमा विलय भएको आदर्श लघुवित्तको सेयर यसअघि नेप्सेले रोक्का राखेको थियो। 

आदर्श लघुवित्तलाई प्राप्ति गरी डिप्रोक्सले गत असार १ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेको छ।