काठमाण्डौ । आइपीओ बाँडफाँड भएको करिब एक महिनापछि आशा लघुवित्तको दोश्रो बजारमा कारोबार सुरु हुने भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आशा लघुवित्तसँग दोश्रो बजारमा सेयर सूचिकरणको सम्झौता आइतबार हुनेछ । त्यसपछि सोमबारदेखि दोश्रो बजारमा कम्पनीको कारोबार खुल्ने बताइएको छ । 

यो कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ६ लाख २९ हजार ९३० कित्ता सेयर निश्कासन गरी २७ दिनअघि बाँडफाँड गरेको थियो । 

माघ १८ गतेदेखि २२ गतेसम्म निश्कासन भएको यो कम्पनीको आइपीओमा १ करोड १५ लाख ८२ हजार २३० कित्ताका लागि आवेदन परेको थियो ।