काठमाण्डौ । आशा लघुवित्तको सेयर दोश्रो बजारमा कारोबार सुरु भएको छ । 

सोमबारदेखि कारोबारमा आएको सो कम्पनीको सेयरलाई नेप्सेले कारोबारका लागि सुरुवाती मूल्य रु. १००.०५ देखि ३००.१५ रुपैयाँ तोकिदिएको छ ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि एलबिएसएल(ALBSL) सिम्बोल पाएको छ ।  

आशा लघुवित्तको २० लाख ७४ हजार कित्ता सेयर दोश्रो बजारमा आइतबार सूचिकृत भएको थियो । 

आशा लघुवित्तको सर्वसाधारणमा वितरण गरिएको  ६ लाख ७४ हजार कित्ता र कम्पनीका संस्थापक लगानी गरेको १४ लाख कित्ता समेत गरी २० लाख ७४ हजार कित्ता दोश्रो बजारमा सूचिकृत भएको हो ।

सेयर सूचिकरणसँग सम्बन्धी सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र आशा लघुवित्तको तर्फबाट बद्रीप्रसाद दुलालले हस्ताक्षर गरेका थिए ।

यो कम्पनीको सेयर सूचिकरणबाट लघुवित्त समूह अन्तर्गत सूचिकृत कम्पनीहरुको संख्या ४१ र कुल सूचिकृत कम्पनीहरुको संख्या २०५ पुगेको छ ।