काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आस्बा सदस्यता अनुमतिपत्र नवीकरण गर्न सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ।
धितोपत्र बोर्ड आज एक सूचना प्रकाशित गरी आस्बा सदस्यता अनुमति नवीकरण गर्न आग्रह गरेको हो।
धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७८/७९ को आस्बा अनुमतिपत्र नवीकरणका लागि यही जेठ मसान्तभित्र निवेदन दिनुपर्ने व्यवस्था छ। यद्यपि हालसम्म अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले आस्बा सदस्यहरुलाई जेठ मसान्तभित्र अनुमतिपत्र नवीकरण गर्न धितोपत्र बोर्डले आग्रह गरेको छ।
अनुमतिपत्र नवीकरणका लागि नवीकरण दस्तुर, सक्कल अनुमतिपत्र र निर्देशिकाले तोकेको योग्यता पूरा भएको जनाउने विवरणसहित अनुसूचीले तोकेको ढाँचामा निवेदन तयार गरी पेस गर्न पनि धितोपत्र बोर्डले आग्रह गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19