काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ भर्दा बैंक तथा वित्तीय संस्थाहरुले लिने आस्बा शुल्कका विषयमा फेरि स्पष्ट पारेको छ।
सेबोनले आज एक सूचना जारी गर्दै नयाँ आस्बा सेवा शुल्क लागू हुने मितिमा द्विविधा देखिएको भन्दै फेरि स्पष्ट पारेको हो। सेबोनले निर्धारण गरेको नयाँ आस्बा सेवा शुल्क गत भदौ ५ गतेबाटै लागू भएको सूचनामा स्पष्ट पारिएको छ।
सेबोनले ‘धितोपत्र खरिद (सार्वजनिक निष्कासन)सम्बन्धी निर्देशिका, २०७३’मा तेस्रो संशोधन गर्दै गत भदौ ५ गते लागू हुने गरी नयाँ आस्बा शुल्क निर्धारण गरेको थियो। जसमा अब बैंक तथा वित्तीय संस्थाहरुले आस्बा सेवा प्रदान गरेबापत अधिकतममा ५ रुपैयाँसम्म लिन सक्ने व्यवस्था गरिएको छ।
यसअघि आस्बा सेवा शुल्कबापत अधिकतममा १०० रुपैयाँसम्म लिन पाउने व्यवस्था सेबोनले गरेको थियो।
सेबोनले गत भदौ ५ गतेअघिको सार्वजनिक निष्कासनमा पहिलेकै व्यवस्थाअनुसार आस्बा शुल्क लाग्ने स्पष्ट पारेको छ। भदौ ५ गतेपछिको सार्वजनिक निष्कासनमा भने संशोधित व्यवस्थाअनुसार नै शुल्क लिन सेबोनले निर्देशन दिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago