काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले नेपाल विद्युत प्राधिकरणलाई ‘(इक्राएपी–आई) एए प्लस’ निष्कासनकर्ताको रेटिङ प्रदान गरेको छ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा ज्यादै न्यून क्रेडिट जोखिम रहेको हुन्छ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्रविशेषको राय भने होइन’, इक्राले भनेको छ।
रेटिङ वर्ग (इक्राएपी–आई) एएदेखि (इक्राएपी–आई) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्राएपी–आई) एए प्लसको स्थिति (इक्राएपी–आई) एएभन्दा एक चिह्न माथि रहन्छ जब कि (इक्राएपी–आई) एए माइनसको स्थिति (इक्राएपी–आई) एएभन्दा एक चिह्न तल रहन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19