काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर)बीबीबीप्लस निष्कासनकर्ता रेटिङलाई (इक्राएनपी–आईआर)बीबीबीमा डाउनग्रेड गरेको छ।
इक्राले सर्वोत्तम सिमेन्ट रेटिङलाई डाउग्रेड गर्नुका साथै प्रतिकूल प्रभावसहित सूक्ष्म निगरानीमा समेत राखेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता उपकरणहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, इक्राले भनेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19