 
                     
                                
                             
                                    काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) लाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबीबी निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्रविशेषको राय भने होइन’, इक्राले भनेको छ।
रेटिङ वर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्राएनपी–आईआर) बीबीबी प्लसको स्थिति (इक्राएनपी–आईआर) बीबीबीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्राएनपी–आईआर) बीबीबी माइनसको स्थिति (इक्राएनपी–आईआर) बीबीबीभन्दा एक चिह्न तल रहन्छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19