काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले एनएमबि बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई अपग्रेड गरेको छ। 

इक्राले एनएमबि बैंकको रेटिङहरु अपग्रेड गर्दै इस्यूअर रेटिङ (इक्राएनपी–आईआर) ए र सबअर्डिनेटेड डिबेन्चर्स (इक्राएनपी) एलए प्रदान गरेको हो। यसअघि यस्ता रेटिङ क्रमशः (इक्राएनपी–आईआर) ए माइनस र (इक्राएनपी) एलए माइनस थियो। 

(इक्राएनपी–आईआर) ए रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्राएनपी) एलए  रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकाय तथा उपकरणहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्रविशेषको राय भने होइन’, इक्राले भनेको छ।