काठमाण्डौ । इटालीका वैज्ञानिकहरुको एक समूहले कोरोनाभाइरसको भ्याक्सिन विकास गरेको दाबी गरेको छ। उनीहरुले यो भ्याक्सिनले मानवशरीरमा रहेको कोरोनाभाइरसलाई प्रभावहीन बनाइदिने दाबी पनि गरेका छन्। 

इटालीको न्युुज एजेन्सी एएनएसएका अनुुसार ताकिस बायोटेक नामक फर्मले कारोनाविरुद्धको विश्वको पहिलो भ्याक्सिन बनाएको दाबी गरेको हो। ताकिसका वैज्ञानिकहरुको टिमले मुुसाबाट एन्टीबडीलाई अलग गर्न सफलता हासिल गरेको बताइएको छ। जसले भाइरसलाई मानवशरीरलाई संक्रमित गर्नबाट रोक्ने काम गर्दछ। 

यो भ्याक्सिनको परीक्षण इटालीको स्पालान्जाली इन्स्टिच्युुटमा गरिएको थियो। मुुसामा एन्टीबडी पाइएपछि यसले मानवशरीरमा पनि काम गर्ने विश्वास लिइएको छ। 

एएनएस न्युुजलाई अन्तर्वार्ता दिँदै ताकिस बायोटेकका सीईओ लुुइगी औरीसिचिओले भने, “इटालीमा बनाइएको भ्याक्सिनको परीक्षणको यो सबैभन्दा एड्भान्स स्टेज हो। मानवशरीरमा यो गर्मी मौसम पछि यसको परीक्षण गरिनेछ।’

लुइगीले यो भ्याक्सिनले मावनशरीरमा सकारात्मक परिणाम देखाउने आशा व्यक्त गरेका छन्। 

यतिबेला सम्पूर्ण विश्व कोरोनाविरुद्धको भ्याक्सिन बनाउन लागिपरेको छ। यदि इटालीयन डाक्टरहरुको यो दाबी सही सावित बन्यो भने यसले विश्व जगतलाई राहत दिने निश्चितप्रायः छ। 

यसअघि इजरायलका वैज्ञानिकहरुले पनि कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको दाबी गरिसकेका छन्। – एजेन्सी