काठमाण्डौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले निजको ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबर सम्पत्तिको स्रोत नखुलेको बताएको छ ।

अख्तियारले ३० असार २०४६ मा सेवा प्रवेश गरेका उनको ६ कात्तिक २०७९ सम्मको आय व्ययको विश्लेषण गरेको थियो । उनको अस्वभाविक जीवनयापन, हैसियतभन्दा बढीको सेयर, जग्गा खरिदका साथै घर बनाएको, बैंक तथा वित्तीय संस्थामा रकम राखेको पाइएको अख्तियारले बताएको छ ।

विशेष अदालत, काठमाडौंमा दायर मुद्दामा ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको उल्लेख छ ।