काठमाण्डौ । इन्टरनेटको मूल्य तत्काल नबढ्ने भएको छ ।
सरकारले इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिई इन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।
योसँगै इन्टरनेट सेवाको शुल्क घट्नेछ ।
आफ्ना माग पूरा नभएको भन्दै इन्टरनेट शुल्क बढाउने तयारीमा रहेका सेवा प्रदायकले सरकारको निर्णयलाई स्वागत गरेका छन् । इन्टरनेट प्रदायक संस्था आइएसपीका अध्यक्ष भोजराज भट्टले सरकारको निर्णयसँगै आफूहरुको माग सम्बोधन भएको र २० प्रतिशतले बढाउन लागिएको इन्टरनेटको शुल्क अब नबढ्ने जानकारी दिए ।
विगतमा आइएसपीसँग सरकारले विभिन्न शीर्षकमा छुट दिने सम्झौता गरेको थियो । तर, त्यसको कार्यान्वयन नभएपछि सरकारलाई तिर्नुपर्ने दूरसंचार सेवा शुल्कबापतका १३ प्रतिशत रकम उठाउन उपभोक्ताले लिइरहेको सेवाशुल्कमा २० प्रतिशत बढाउने सेवा प्रदायकहरुले तयारी गरेका थिए ।
क्याबिनेटको यो निर्णयसँगै अब उनीहरु पछाडि हटेका छन् र उपभोक्ताले अझ सस्तो दरमा सेवा पाउने संभावना बढेको छ ।
योसहित सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरु पनि सार्वजनिक गरेका छन् । अन्य निर्णय यस्ता छन्:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19