काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको १.२० लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। 

संस्थाको संस्थापक समूहको १ लाख २० हजार ८८६ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

सेयर खरिदका लागि आवेदन दिन संस्थाले ३५ दिनको समय तोकेको छ। सेयर खरिद आवेदन कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिनेछ। 

तोकिएको अवधिभित्र सेयर खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।