काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयरको भित्री (इन्साइडर ट्रेडिङ)मा नेपाल हाइड्रो डेभलपर्सका तत्कालीन कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको छ।
सेबोनले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९८ बमोजिम कारबाहीको माग गर्दै अदालतमा आज मुद्दा दायर गरेको हो। उक्त मुद्दामा प्रधानले आफू अध्यक्ष हुँदा तथा सो पदबाट हटेको १ वर्ष पूरा नभएसम्म कुनै तरिकाले सेयर हस्तान्तरण गर्न नहुने नियमविपरीत श्रीमतीलाई घरायसी नामसारी गराई सो सेयर दोस्रो बजारमा श्रीमतीका माध्यमबाट बिक्री गर्ने गरेको नेप्से, सीडीएससी र धितोपत्र दलाल व्यवसायीले प्रस्ट हुन आउने उल्लेख छ।
सेबोनको गत चैत २० गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई धितोपत्र दर्ता तथा निष्कासन नियमावलीविपरीत कारोबार गरेको ठहर गर्दै नगद जरिवानासहित कारबाही गर्ने निर्णय गरेको थियो। नेपाल हाइड्रोका तत्कालीन अध्यक्ष प्रधानले आफू पदमा रहँदा नियमावलीविपरीत सेयर बिक्री गरेको बोर्डले ठहर गरेको छ। ‘पदमा रहँदा प्रधानले धितोपत्र ऐनविपरीत नेपाल हाइड्रोमा आफ्नो नाममा रहेको सेयर परिवारको नाममा हस्तान्तरण गरेको खुलेको छ’, सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेठले भने, ‘त्यसैले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीविपरीत कारोबार गरेको पाइएकोले उनलाई जरिबानासहित कारबाही गरिएको छ।’
प्रवक्ता श्रेष्ठका अनुसार प्रधानलाई धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार ७५ हजार रुपैयाँ नगद जरिवानासमेत गर्ने निर्णयबमोजिम मुद्दा दायर भएको बताए। ‘उनलाई आगामी १० वर्षका लागि कुनै पब्लिक कम्पनीमा सञ्चालक बन्न नपाउने कारबाही पनि सेबोनले गरेको छ’, उनले भने।
यसअघि सेबोनले इन्साइडर ट्रेडिङमा यस्तै प्रकृतिको मुद्दामा गुरुप्रसाद न्यौपानेलाई कारबाही गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19